सरकारले बोलायो ‘कोशी’ प्रदेश नाममा असन्तुष्टलाई वार्तामा

काठमाडौं— कोशी प्रदेश सरकारले प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।
मंगलबार कोशी प्रदेश सरकारले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको हो ।
‘नामकरणबारेमा रहेका आफ्ना विमतिहरूलाई शान्तिपूर्वक राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमहरूलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ,’विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १९:५७