प्रधानमन्त्रीले मिचिएका भूमि फिर्ताको विषय भारतमा उठाउनुपर्छ : एमाले उपमहासचिव गुरुङ

काठमाडौं— नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रहितका मुद्दामा छलफल हुनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालका मिचिएका भूमि फिर्ता गर्ने र नेपालको हित हुने विषयमा छलफल हुन जरुरी रहेको बताए ।
उनले भने,‘विद्युत् बिक्रीको विषयमा छलफल भनिएको छ । भ्रमणका क्रममा राष्ट्रहितका विषयमा छलफल हुनुपर्छ ।’
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १९:३९