रेशम चौधरीको रिहाइले गणतन्त्रलाई हेर्ने नजर फेरियो : एमाले सचिव ज्ञावली
काठमाडौं— नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले रेशम चौधरीको रिहाइले गणतन्त्रलाई हेर्ने नजर फेरिएको बताएका छन् ।
मंगलबार गणतन्त्र दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘रेशम चौधरी रिहा हुनुभयो हिजो मात्र । तर हामीले गणतन्त्र दिवस मनाइरहँदा भालाले रोपेर मारिएका ती परिवारका आफन्त र टुहुरा बच्चामा गणतन्त्रमाथि नै असन्तुष्ट भयो होला । गणतन्त्र कुनै भ्रष्टाचारीलाई जोगाउने खास्टो बन्न सक्दैन,’ उनले भने ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १९:२४