News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी परिषद् आन्दोलनको तयारीमा

काठमाडौं— सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा विद्यालय कर्मचारीका माग सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सरकारको नीति तथा कार्यक्रमले ‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधालगायतका विषयलाई सम्बोधन गरिनेछ,’ भनेर उल्लेख गरे पनि बजेटले सम्बोधन नगरेर सरकारले विद्यालय कर्मचारीमाथि अन्याय गरेको परिषद्ले जनाएको छ ।

सरकारले विद्यालय कर्मचारीलाई गरेको अन्यायपूर्ण व्यवहारविरुद्ध आन्दोलनको तयारी गरिरहेको परिषद्ले जनाएको छ ।

विद्यालय कर्मचारीहरुले लेखापालहरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:५८
Weather Update