News Griha :: न्यूजगृह
रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी 

काठमाडौं— रेशम चौधरीलाई आममाफी दिइएकोविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदाले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए । राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन् ।

चौधरीविरुद्ध तीन तहका अदालतले जन्मकैदको फैसला सुनाएका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १६:०९
Weather Update