
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले गणतन्त्र र संघीयता राजनीतिक रूपमा जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले जनताले गणतन्त्र र संघीयतालाई घृणाको नजरले हेरेकाले राजनीतिक रूपमा त्यो निकै जोखिमपूर्ण हुने टिप्पणी गरे ।
नेपाली जनताले नै संघीयता नरुचाएको उनको तर्क छ । ‘यसपाली चुनावताका गरिएको सर्वेक्षणमा ४२ प्रतिशत मतदाताले चाहिँदैन संघीयता महँगो भयो भनेका थिए । हामीले अझै बुझाउन बाँकी रहेछ । बुझाउन सकिएन भने यसप्रति जनताको घृणा बढ्न थाल्नेछ,’ उनले भने, ‘त्यो हाम्रो लागि राजनीतिक रूपमा निकै जोखिमपूर्ण हुनेछ । हामीले गरेको उपलब्धिहरूप्रति हामी कृतज्ञ हुन जानीरहेका छैनौँ ।’
नेताहरूले नै संघीयताको आवश्यकता र महत्वबारे ठोस धारणा निर्माण गर्न नसकेको उनको भनाइ छ ।













