News Griha :: न्यूजगृह
राजनीतिक निकासका लागि चौधरीको रिहाइ : मन्त्री लिम्बू

विराटनगर— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहाइ गरिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मुलुकलाई निकास दिन चौधरीको रिहाइ आवश्यक रहेको बताए । मन्त्री लिम्बूले थरुहट आन्दोलनमा  चौधरीको संलग्नता महत्वपूर्ण भएको भन्दै सोही आधारमा सरकारले निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार पूर्ववर्ती सरकारले चौधरीको रिहाइ प्रक्रिया अघि बढाएको हुँदा वर्तमान सरकारले सोही प्रक्रियाको कार्यान्वयन मात्रै गरेको हो । घटनामा ज्यान गुमाएका परिवारको सदस्यलाई चौधरीको रिहाइले दुःख पुगेको उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:३७
Weather Update