News Griha :: न्यूजगृह
प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अगाडि बढाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

काठमाडौं— सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाइ समितिलाई आग्रह गरेका छन् । 

मंगलबार बसेको समितिको बैठकमा सभामुख घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा पत्र समेत आएर बसेको उल्लेख गर्दै समितिले गर्ने कार्यसम्पादनहरू छिटोभन्दा छिटो गरी जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न समिति सदस्यहरूलाई आग्रह गरे । 

त्यसैगरी, समिति बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै नियुक्तिमा संवैधानिक परिषद्ले समेत त्रुटि गर्नसक्ने भन्दै सो त्रुटिलाई संसदीय सुनुवाइ समितिले सच्याउनुपर्ने बताए । 

नियुक्ति प्रक्रियामा भएका कमी, कमजोरीहरूमा समितिले आँखा चिम्लिनु नहुने उनको भनाइ छ । 

उनले संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्ले गरेको नियुक्तिलाई समेत रोक्ने हैसियत बनाउनुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ११:४९
Weather Update