News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै 

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कार मुद्दाको मंगलबार सुनुवाइ हुँदैछ ।

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेर विवादमा पेस गरेको जन्म मितिसम्बन्धी प्रमाण पुनः झिकाउन आदेश दिएको थियो ।

उमेरसम्बन्धी विषयको टुंगो नलाग्दा उक्त मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको छ ।

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

२०७९ साल ५ भदौमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध २१ भदौमा प्रहरी वृत गौशलामा जाहेरी परेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०९:५७
Weather Update