News Griha :: न्यूजगृह
नयाँ बजेटको मूलदिशा विगतकै निरन्तरतामा छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री एवम् पूर्वअर्थमन्त्री डा.बाबुराम भट्टराईले सरकारले (१५ जेठ) सोमबार ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटको मूलदिशा विगतकै निरन्तरतामा रहेको प्रतिक्रिया दिएका छन् ।

पूर्वअर्थमन्त्री डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्,‘नयाँ बजेटमा केही प्रशासनिक र नीतिगत सुधारका कुरा भए पनि मूलदिशा विगतकै निरन्तरतामा छ ! अझै चिन्ताजनक कुरा चाहिँ हाम्रो बजेटको दुई तिहाइ हिस्सा साधारण खर्चमा जान्छ भने बाँकी एक तिहाइमध्ये पनि पुँजीगत खर्च (रू.३ खर्ब २ अर्ब) भन्दा वित्तीय व्यवस्थापन भनिने ऋणको साँवा–ब्याज  भुक्तानी (रू.३ खर्ब ७ अर्ब) बढी हुन थालेछ ! यो भनेको हाम्रो कमजोर अर्थतन्त्र ऋणपासोमा पनि पर्दैछ भन्ने हो । यसले ठूलो संरचनात्मक परिवर्तन र क्रमभंगको माग गरिरहेछ भन्ने प्रष्टै छैन र ?’

डा.भट्टराईले पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न भन्ने कुरा बुझ्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०९:२०
Weather Update