News Griha :: न्यूजगृह
बजेट भाषणपछि विद्यालय कर्मचारी अध्यक्षका नौ आक्रोश

काठमाडौं— सरकारले सोमबार (१५ जेठ) आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्यायो । बजेटमा शिक्षकदेखि कर्मचारीसम्मका सेवासुविधा कटौती गरिएको छ । कटौती गर्नुको मुख्य कारण सरकारले आर्थिक संकट भनेकाे छ ।

सरकारले निर्वाचन क्षेत्र विकासका लागि भन्दै प्रत्येक सांसदहरूलाई बाँड्न ५/५ करोड बजेट छुट्याएको छ । यसको चौतर्फी विरोध भइरहेको छ ।

सांसदलाई पैसा छुट्याउँदा विद्यालयमा न्यून तलबमा काम गरिरहेका विद्यालय कर्मचारीतिर भने सरकारको ध्यान जाँदै गएन ।

सरकारले बजेटमार्फत आफूहरूका माग पूरा गर्ने अपेक्षा गरेका विद्यालय कर्मचारीहरू यतिखेर आक्रोशित छन् ।

बजेटपछि नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । यो समाचार तयार पार्दासम्म तिवारीका नौ भनाइ यस्ता छन् ।

१. आजबाट (१६ जेठ)  संस्थागत कामले कुनै पनि मन्त्रालय, मन्त्री र कुनै पार्टीको नेताकोमा नजाने निर्णय गरियो ।

२. अघिल्लो वर्ष पनि कार्यक्रम कार्यान्वयन पुस्तिकामा आउला भन्ने भएर चुप बस्यौं ।  केही भएन । तसर्थ साथीहरू हामी तयारी गर्दै छौ । विद्यालय बन्दको निर्णय गर्ने तयारीमा छौं ।

३. हामी अन्तिमसम्म छाड्ने छैनौं । सबै विद्यालय कर्मचारी मित्रहरू तयारीमा रहनुहोला । 
शुभ रात्री ।

४. सर्वहारा पार्टीको काम नीति तथा कार्यक्रममा ल्याउने तर बजेटमा केही नबोल्ने । कस्तो सर्वहारा रहेछ ।

५. हामी नेतृत्वमा भएर बसेका विशेष अध्यक्ष र महासचिव आफ्नो घर परिवार लाई दुःख दिएर ३५,०९८ कर्मचारीहरूको मुद्दा लिएर कति धाउनु । तिमी नेताहरूकोमा । अब हेर नेताहरू । तिमीहरूको दिनचर्या ।

६. नालायक सरकार मुर्दावाद । विद्यालय कर्मचारीहरूलाई उपेक्षित गर्ने ? अब हेर्दै जाऊ । चुनाव फेरि आउँछ । आजबाट तिमीहरूको दिनचर्या सुरु भयो ।

७.नेपाल सरकारको नीति तथा कार्यक्रमलगायत विभिन्न दलका माननीयज्यूहरूबाट पटक–पटक एकैदिनमा दुईपटक अझै भएन भनेर गठबन्धन सरकारको सबैभन्दा ठूलो पार्टी  नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विद्यालय कर्मचारीका समस्यालाई जाहेर गराउँदासमेत नसुन्ने कस्तो र कसको सरकार होला कि अन्तैबाट चलेछ सरकार ।

८.नेशि.महासंघ राष्ट्रिय समितिले तुरुन्त विद्यालय बन्द गर्ने गरी  आन्दोलन गर्नुबाहेक अर्को विकल्प छैन ।

९. आत्तियर हुँदैन मित्रहरू । ट्रेड युनियनकर्मी भनेको सधैं लाग्ने हो र वर्तमान परिवेशमा शिक्षामा १ खर्ब ६२ अरब को तयारी हुँदै गर्दा १ खर्ब ९७ अरब आयको छ त्यसैबाट हुन सक्छ ।त्यत्तिकै हिजो केही भएन आज पनि केही हुँदैन भन्ने हुन्छ र ? हो, अर्थमन्त्रीज्यूले शब्द चयन गर्न उहाँलाई के कुराले रोक्यो ? हिसाबकिताब अर्को चुनाव हुनेछ । हामी निराश हुँदैनौं । जय विद्यालय कर्मचारी मित्रहरू ।

karmachari1685414441.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०८:१९
Weather Update