News Griha :: न्यूजगृह
संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

काठमाडौं— संसदीय सुनुवाइ विशेष समितिको बैठक मंगलबार बस्दैछ । संघीय संसद् सचिवालयमा समितिको पहिलो बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ ।

पहिलो बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित हुने छन् ।

अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै सभापति चयन हुन सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०६:३३
Weather Update