आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं— देशका केही भू–भागमा मंगलबार वर्षाको सम्भावना रहेको छ । मंगलबार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराईका थोरै भू–भागमा आंशिक बदली रहेको छ ।
पहाडी भू–भागहरूमा पनि आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको भनाइमा दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भू–भाग आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
मंगलबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० ०६:२१