चुरे दोहन गर्ने बजेट आयो, समर्थन गर्न सकिँदैन : प्रेम सुवाल

काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले समर्थन गर्न नसकिने बताएका हुन् ।
उनले बजेटमा मलखादको प्रत्याभूति नगरिएको बताए । उनले भने,‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ । यसको हामीले विरोध गर्छौं । मलखादको प्रत्याभूति गरिएको छैन । सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन ।’
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:५३