शहरी विकासको बजेट झण्डै दोब्बर पारियो

काठमाडौं— सरकारले शहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
चालु आवमा यस मन्त्रालयकालागि ३७ अर्ब ७३ करोड रुपैयाँमात्रै बजेट विनियोजन गरिएको थियो ।
यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करिब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहितआर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:०४