News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीको ढाडस– हामी निराश हुनुहुन्न 

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले बजेटमा आफूहरूका माग समेटिएन भनेर निराश नहुन आग्रह गरेका छन् ।

साथै अध्यक्ष तिवारीले बजेटमा ‘विद्यालय कर्मचारी’ शब्द चयन गर्न के कुराले रोक्यो भन्दै अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रश्न पनि गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहँदा विद्यालय कर्मचारीले तलबलगायतका माग सम्बोधन हुने अपेक्षा गरेका थिए । तर बजेटमा विद्यालय कर्मचारीका कुनै पनि माग समेटिएन ।

बजेट भाषण सुनिरहेका अध्यक्ष तिवारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आत्तिएर हुँदैन मित्रहरू । ट्रेड युनियनकर्मी भनेको सधैं लाग्ने हो र वर्तमान परिवेशमा शिक्षामा १ खर्ब ६२ अर्बको तयारी हुँदै गर्दा १ खर्ब ९७ अर्ब आएको छ । त्यसैबाट हुनसक्छ । त्यत्तिकै हिजो केही भएन । आज पनि केही हुँदैन भन्ने हुन्छ र ? हो, अर्थ मन्त्रीज्यूले शब्द चयन गर्न उहाँलाई के कुराले रोक्यो ? हिसाबकिताब अर्को चुनाव हुनेछ । हामी निराश हुँदैनौं । जय विद्यालय कर्मचारी मित्रहरू ।’

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:५७
Weather Update