News Griha :: न्यूजगृह
नागढुंगा सुरुङ मार्गलाई ५ अर्ब २३ करोड बजेट विनियोजन

काठमाडौं— सरकारले नागढुंगा सुरुङमार्ग सम्पन्न गर्नेगरी यो वर्ष ५ अर्ब १३ करोड रुपौयाँ विनियोजन गरेको छ । 

आधाभन्दा केही बढी काम सम्पन्न भएको सुरुङ मार्ग निर्माण कार्यको लागि सरकारले यो आर्थिक वर्षमा ५ अर्ब १३ करोड रुपौयाँ विनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । 

‘सुरुङमार्ग सम्पन्न गर्न ५ अर्ब १३ करोड विनियोजन गरेको छु,’ संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले भने । 

त्यस्तै, सरकारले नागढुंगा नौबिसे सडकखण्ड र नैबिसे–मुगलिङ सडक खण्डको स्तरोन्नति सम्पन्न गर्नका लागि पनि बजेट विनियोजन गरेको छ । 

नैविसे–मुगलिङ सडकखण्डको २५ किलोमिटर सडक निर्माण तथा स्तर उन्नतिको लागि दुई अर्ब १६ करोड विनियोजन गरिएको छ । 

यस्तै, मुग्लिन–पोखरा सडक खण्डको ५० किलोमिटर सडक विस्तार कार्य सम्पन्न गर्न पाँच अर्ब ४२ करोड विनियोजन गरिएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:५४
Weather Update