News Griha :: न्यूजगृह
दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुर्‍याइने

काठमाडौं— सरकारले दुईवर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्‍याउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुर्‍याउने घोषणा गरेका हुन् । उनले यसका लागि राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताएका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:५०
Weather Update