बुढीगण्डकी र दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गरिने

काठमाडौं— सरकारले आयातित विद्युत् खपत कम गरी प्रतिव्यक्ति चारसय किलोवाट घण्टा पुर्याइने बताएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नौसय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप गरिनेसमेत बताए ।
यस्तै, सरकारले यस आर्थिक वर्षमा तीन हजार ६ सय मेगावाट कुल विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।
सरकारले सुख्खायामको माग पूरा गर्न र विद्युत् निर्यात गर्न एक हजार २ सय मेगावाट बुढीगण्डकी र ६ सय ३५ मेगावाट क्षमताको दुधकोशी जलाशयका जलविद्युत् आयोजनाको मोडालिटी तय गरी निर्माण कार्य गरिने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:४७