News Griha :: न्यूजगृह
ईसीडी शिक्षकका कुनै पनि माग सम्बोधन गरिएन

काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का लागि अघिल्लो वर्ष २ हजार रुपैयाँ तलब बढाएको सरकारले यस वर्षकाे बजेटमा कुनै पनि माग सम्बोधन गरेन ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहँदा प्रावि तह सरह सेवासुविधा, दरबन्दीलगायतका ईसीडी शिक्षकका मागका विषयमा कुनै शब्द उच्चारण गरेनन् ।

तलबसहितका माग अहिले सरकारले पूरा गर्नेमा ईसीडी शिक्षकहरूले झिनो अपेक्षा गरेका थिए ।

सरकारले शिक्षा मन्त्रालयको लागि भने १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:३७
Weather Update