News Griha :: न्यूजगृह
संघीय संसद् भवन निर्माण आगामी आर्थिक वर्षमा सकिने

काठमाडौं— संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद् भवन निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् । 

‘भवनका आन्तरिक पूर्वाधारलगायत बाँकी काम सम्पन्न गर्न एक अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘लागत साझेदारीमा निर्माण भइरहेको स्थानीय तहको प्रशासनिक भवन सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको छु ।’

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:३१
Weather Update