त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, क्रिकेटका लागि थप ४ वटा रंगशाला बन्ने

काठमाडौं— सरकारले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रूपमा विकास गर्ने भएको छ ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने बताए ।
सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालयक्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।
विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:२७