News Griha :: न्यूजगृह
आगामी आर्थिक वर्ष युवा उद्यशीलताको रूपमा मनाइने

काठमाडौं— संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षको रूपमा मनाइने बताएका छन् ।

‘खेलकुदको माध्यमबाट स्वस्थ र स्वच्छ र अनुशासित जनशक्ति तयार गरिनेछ । युवा जनशक्तिलाई मुलुकको आर्थिक तथा सामाजिक विकासमा परिचालन गरिनेछ,’ उनले भने, ‘युवाको क्षमताको विकास गरी रोजगार बनाइनेछ । उद्यमशीलता विकास, स्रोत साधनमा विकास गरी युवालाई राष्ट्रिय उत्पादन प्रणालीमा जोडिने छ ।’ 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:२२
Weather Update