News Griha :: न्यूजगृह
दिवा खाजाको लागि ८ अर्ब ४५ करोड विनियोजन

काठमाडौं— सरकारले विद्यालयमा दिवा खाजाको लागि ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ । 

सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्यालयमा दिवा खाजामा जङ्क फुड दिन नपाइने बताए । गत वर्ष सरकारले शिक्षाको लागि १ खर्ब ९६ करोड बजेट विनियोजन गरिएको थियो भने यस वर्ष शिक्षामा ९१ करोड बजेट थपिएको छ । तर शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्ने राजनीतिक दलको बाचा भने यसपटक पनि पूरा भएन । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:२४
Weather Update