News Griha :: न्यूजगृह
गौतम बुद्ध र पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत
फाइल तस्बिर ।

काठमाडौं— सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ । 

सोमबार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले गौतम बुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने बताएका हुन् । 

गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाइ यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिइने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुनःसंरचना गर्ने भएको छ । 

सोमबार बजेट भाषणमा अर्थमन्त्री प्रकाशशरण महतले नागरिक उड्ययन प्राधिकरणलाई पुनर्संरचना गरी अलगअलग रूपमा नियामक र सेवाप्रदायक निकायलाई छुट्टा छुट्टै बनाउन लागेको बताएका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:१८
Weather Update