विद्यालय कर्मचारीको तलब अहिले पनि बढाइएन

काठमाडौं— सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलब वृद्धि गरेन ।
आर्थिक वर्ष २०७९/८० को बजेटममा इसीडी शिक्षकको मात्र तलब वृद्धि गरिएको थियो । २०८०/८१ काे बजेटमा तलब बढ्ने अपेक्षा गरेका विद्यालय कर्मचारी अहिले निराश बनेका छन् ।
तलब वृद्धि तथा सेवासुविधाको माग गर्दै विद्यालय कर्मचारीले अर्थमन्त्री डा.प्रकाशशरण महतको ध्यानाकर्षण गराएका थिए ।
२०८०/८१ को बजेट प्रस्तुत गरिरहँदा अर्थमन्त्रीले विद्यालय कर्मचारीको शब्द समेत उच्चारण गरेनन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:०७