News Griha :: न्यूजगृह
विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौं— संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

मुटु, मृगौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्ज्युरी, हेड इन्ज्युरी तथा सिकलसेल एनेमियाको उपचारमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । साथै क्यान्सर, मेरुदण्ड र पक्षघात र मृर्गाैला प्रत्यारोपण गराइरहेका र डाइलसिस गराइरहेका बिरामीहरूलाई औषधि उपचारबापत दिँदै आएको मासिक पाँच हजार रुपैयाँ दिने कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:१३
Weather Update