News Griha :: न्यूजगृह
शिक्षा मन्त्रालयको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन

कठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि सरकारले  १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशरण महतले सोमबार (१५ जेठ) संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।उनले विश्वविद्यालय अनुदान प्रदान गर्ने व्यवस्था मिलाइने, मदनभण्डारी प्राविधिक विश्वविद्यालय, योगमाया विश्वविद्यालय सञ्चालन ल्याउन आवश्यक काम गरिने बताए । नेपाल विश्वविद्यालय सम्बन्धी कानुन तर्जुमा गरिने, बुटवल, बर्दीवास र सुर्खेतमा मेडिकल कलेज निर्माण कार्य अघि बढाइने उनले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:१४
Weather Update