News Griha :: न्यूजगृह
सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने

काठमाडौं— सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।  

योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै कोषको रकम उत्पादन तथा पूर्वाधार क्षेत्रका लगानी गर्न लागिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । 

संसद्मा बजेट प्रस्तुत गर्दै उनले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने बताए । मन्त्री महतले कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा, व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चाालनमा उपयोग गरिने बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:०६
Weather Update