ढुङ्गागिट्टी निर्यात गर्ने सरकारको घोषणा

काठमाडौं— सरकारले ढुङ्गा र गिट्टी निर्यात गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै ढङ्गा र गिट्टीनिर्यातको आधार तयार पार्ने उल्लेख गरेका छन् ।
वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाइ वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने उनको भनाइ छ ।
ढुङ्गा गिट्टी निर्यातको कुरा बहसमा आएपनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्राउने अवसरको प्रयोग गर्न सकेको छैन ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:०४