तीन महिना मौज्दात रहने गरी इन्धन भण्डारण गृह बनाइने

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशरण महतले न्यूनतम तीन महिनाको लागि पेट्रोलियम पद्धार्थको क्षमताको माग धान्ने गरी भण्डारण क्षमता वृद्धि गरिने बताए ।
पोखरामा हवाई इन्धन भण्डारण गृह र अमलेखगञ्जमा थप दुईवटा भण्डारण गृह निर्माण सम्पन्न गरिने उनको भनाइ छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री महतले हिमाली दुर्गम क्षेत्रमा खाद्यान्न र नुनको आपूर्ति सहज र सरल बनाउन दिँदै आएको ढुवानी अनुदान कायमै रहेको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:००