News Griha :: न्यूजगृह
सहुलियत मूल्यमा खाद्य वस्तु वितरण गरिने

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशरण महतले दुर्गम तथा ग्रामिण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज आपूर्तिको लागि भण्डारण र वितरण प्रणाली सुधार गरिने बताए । 

संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सोमबार (१५ जेठ)मा मन्त्री महतले सिन्डिकेट, कार्टलिङ, कृत्रिम अभाव हटाई स्वस्थ प्रतिस्पर्धा कायम गरिने बताएका हुन् । उनले सहुलियत मूल्यमा खाद्य वस्तु वितरण गरिने बताए । खाद्य भण्डारमा ८ हजार मेट्रिक टन र राष्ट्रिय सुरक्षा खाद्य भण्डारमा २५ हजार मेट्रिक टन वर्षभरि नै मौज्दात राखिने उनको भनाइ छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:५८
Weather Update