कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड विनियोजन

काठमाडौं— सरकारले कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनकि कृषि बीमाको अनुदान उपलब्ध गराउन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
उनले सरकारले कषि तथा पशुपन्छी बीमामा कुल बीमा शुल्कको ८० प्रतिशत अनुदान प्रदान गर्दै आएको भन्दै उक्त अनुदान बापतको रकम भुक्तानी गर्न सो बराबरको रकम छुटाइएको बताए ।
उनले कृषि बीमा तथा यान्त्रिक बाहेक अन्य कृषि व्ययसायमा भने अनुदानलाई उत्पादनमा आधारित बनाइने बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:५३