News Griha :: न्यूजगृह
विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणका लागि ५४ करोड बजेट विनियोजन

काठमाडौं— संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणका लागि ५४ करोड बजेट विनियोजन गरिएको बताएका छन् । यी क्षेत्रमा उद्योग स्थापनाका लागि नीजि क्षेत्रलाई आकर्षित गर्न जग्गाको बहाल दर पुनरावलोकन गरिने उनले जानकारी दिए ।
 
‘उत्पादनको न्यूनतम ३० प्रतिशत निकासी गर्ने उद्योगले विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न पाउनेगरी कानुनी व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘निकासी गरेको परिणामको आधारमा उद्योगलाई सहुलियत प्रदान गरिनेछ ।’ 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:३९
Weather Update