News Griha :: न्यूजगृह
औद्योगिक क्षेत्रको स्तरोन्नतिका लागि ३३ करोड बजेट विनियोजन

काठमाडौं— संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औद्योगिक क्षेत्रको स्तरोन्नतिका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन् । 

अहिले सञ्चालनमा रहेका १० वटा औद्योगिक क्षेत्रको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो । ‘सरकारबाट घोषणा भएका औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र औद्योगिक ग्रामको पूर्वाधार निर्माण तीव्रता दिइनेछ,’ बजेट प्रस्तुत गर्दै उनले भने, ‘चितवनको शक्तिखोर र मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको वातावरण प्रभाव मूल्यांकन, रुख कटान लगायत पूर्वतयारी सम्पन्न गरी सार्वजनिक, निजी साझेदारीमा विकास तथा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।’ 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:३५
Weather Update