गुरु किसानको पहिचान गरी एजेन्टको रूपमा परिचालन गरिने

काठमाडौं— संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सोमबार (१५ जेठ)मा अर्थमन्त्री डा. प्रकाशरण महतले साना उद्यम किसान कार्यक्रम विकास गरिने बताए ।
उनले बजेटमा सरकारले प्राकृतिक खेतीको सुरुवात गर्ने बताए । बजेटअनुसार नमुनाको रूपमा माटो प्रयोगको लागि प्रदेश तहका प्रयोगशालाको स्तरउन्नति, माटो क्षमता र परीक्षणको लागि अनुदान दिइनेछ ।
यस्तै, कृषि, फलफूल, तरकारी, पशुपालनमा उदाहणीय काम गरेका अगुवा किसानको अनुभव र ज्ञान कृषि उद्यम गर्न चाहने व्यक्तिलाई हस्तान्तरण गर्न प्रोत्साहित गरिनेछ । कृषि ज्ञान केन्द्रले यस्ता किसानलाई गुरु किसानको रूपमा पहिचान गरी एजेन्टको रूपमा परिचालन गरिनेछ । प्रदेश सरकारको समन्वयमा राष्ट्रपति उत्कृष्ट किसान पुरस्कारको व्यवस्था गरिने डा महतोको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:२८