‘उत्पादन साथमा, अनुदान हातमा’ कृषि अनुदान

काठमाडौं— संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उल्लेख गरेका छन् ।
बिउ खरिद, रसायनिक मल, बीमा र यान्त्रिकरणमा दिँदै आएका अनुदान बाहेकलाई उत्पादनमा आधारित बनाइने बजेटमा छ । यस बमोजिम अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड तर्जुमा गरि कार्यविधि कार्यान्वयनमा ल्याइने उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:१३