विदेशी लगानीकर्तालाई लाभांश फिर्ता लैजाने प्रक्रिया सजिलो बनाइने

काठमाडौं— सरकारले धेरैभन्दा धेरै वैदेशिक लगानी भित्राउने तयारी गरेको छ । वैदेशिक लगानीकर्ताहरू नेपालमा लगानी गर्न हच्किरहेको अवस्थामा नीतिगत रूपमै उनीहरूलाई सजिलो हुनेगरी सरकारले कानुन बनाउने भएको हो ।
वैदेशिक लगानीकर्ताको हकमा प्रक्रियागत झन्झटहरू धेरै भएकोले त्यसमा सुधार ल्याइने अर्थमन्त्री डा. रामशरण महतले बताए । अहिले नेपालमा अत्यधिक प्रक्रियागत झन्झट भएको र लगानीमैत्री वातावरण नभएको लगानीकर्ताहरूले गुनासो गर्दै आएका छन् । सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले वैदेशिक लगानीकर्ताहरूको हकमा लाभांश फिर्ता लैजाने मिल्ने प्रक्रियालाई सजिलो बनाइने बताए ।
साथै सरकारले विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण निर्माणमा जोड दिने उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:१०