News Griha :: न्यूजगृह
स्थानीय, राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन गर्न ७ अर्ब

काठमाडौं— संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय, राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन कार्यक्रमलाई ७ अर्ब रुपैयाँ विनियोजन गरिने बताएका छन् । 

‘आत्मनिर्भर अर्थतन्त्रको आधार स्वदेशमै उत्पादन र रोजगार’ भन्ने नाराका साथ स्थानीय आर्थिक सम्भावनाका आधारमा उत्पादन र अवसर वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सबै स्थानीय तहका लागि उक्त कार्यक्रम ल्याउने भएको हो । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:०६
Weather Update