News Griha :: न्यूजगृह
बजेटको उद्देश्य हासिल गर्न मन्त्रालयगत बजेटमा सीमा निर्धारण गरिने

काठमाडौं— संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटले लिएका उद्देश्य हासिल गर्न मन्त्रालयत बजेट सीमा निर्धारण गरिने उल्लेख गरेको छन् । 

बजेट प्रणालीमा सुधार र पुँजीगत खर्चको प्रभावकारिता अन्तर्गत आगामी वर्षदेखि मन्त्रालयगत सीमा निर्धारण भएपश्चात् फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गर्ने व्यवस्था मिलाइने उनले बताए ।

‘यसले यथार्थपरक बजेट निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छु,’ उनले बजेट प्रस्तुत गर्दै भने, ‘कार्यान्वयनमा जानसक्ने वार्षिक योजनालाई बजेटमा लिने नीति लिएको छु ।’  

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:४८
Weather Update