News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको भारत भ्रमणमा ५ मन्त्री सहभागी हुने 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा ५ जना मन्त्री सहभागि हुने भएका छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा सहभागि हुने टोलीको टुंगो लगाएको हो । बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको १७ जेठ देखि २० गतेसम्म हुने भारत भ्रमणको टोली निर्माण गरेको बताइन् ।

टोलीमा प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद सहित ५ जना मन्त्रीहरू सहभागी हुने उनले बताइन् । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:४७
Weather Update