सरकारको साधारण खर्च १२ खर्ब ८० अर्ब २५ करोड

काठमाडौं— आर्थिक वर्ष २०७९/८० मा साधारण खर्च तथा प्रशासनिक खर्च बढेर कुल बजेटको १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपरेको अर्थमन्त्री डा. प्रकाशरण महतले बताए ।
संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सोमबार (१५ जेठ)मा उनले कुल बजेटको ७३.१० प्रतिशत रकम प्रशासनिक र साधारण खर्च भएको बताएका हुन् । यसले विकासको कार्यमा आर्थिक चाप परेकोसमेत उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १६:४५