News Griha :: न्यूजगृह
राजस्व संकलन लक्ष्यभन्दा कम
फाइल तस्बिर ।

काठमाडौं— अर्थमन्त्री डा. रामशरण महतले राजस्व संकलन लक्ष्यभन्दा कम भएको बताएका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन राजस्व चुहावट रोक्न जरुरी रहेको उल्लेख गर्दै उनले राजस्व प्रणालीमा सुधारको आवश्यकता औँल्याएका छन् ।

उनले राजस्व वृद्धिका लागि प्रत्यक्ष र आन्तरिक उत्पादनमा आधारित राजस्व संकलन प्रणाली बनाउन जरुरी रहेको बताएका छन् ।

साथै अर्थमन्त्री महतले नेपालमा अपेक्षित विदेशी लगानी प्रवाह हुन नसकेको बताएका छन् । लगानीमैत्री वातावरण बनाउन सरकार चुक्दा विदेशी लगानी नेपाल भित्राउन नसकिएको उनले बताए । ‘लगानी मैत्री वातावरण निर्माण गरी स्वदेशी र विदेशी लगानी भित्राउने वातावरण बनाउने गरी काम गर्न जरुरी रहेको छ,’ आर्थिक वर्ष २०८०/८१ को वजेट सार्वजनिक गर्दै उनले भने । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:३९
Weather Update