विश्वव्यापी मन्दीको कारण आर्थिक वृद्धि २.१६ प्रतिशतमा खुम्चियो : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशरण महतले विश्वव्यापी मन्दीको असरका कारण नेपालको आर्थिक वृद्धि खुम्चिएको बताएका छन् । हाल २ दशमलव १६ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिएको उनले बताएका हुन् ।
सोमबार प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै महतले पछिल्लो समय मुद्रास्फीतिमा चाप बढ्दै गएको जानकारी गराएका छन् । मुद्रास्फीतिको दर ७ दशमलव ७६ प्रतिशतमा पुगेको उल्लेख गर्दै उनले यो तथ्याङ्कअनुसार मुद्रास्फीतिको चाप बढी देखिएको बताएका हुन् ।
करिब ९ महिनालाई पुग्ने वैदेशिक मुद्राको सञ्चिती रहेको अर्थमन्त्री महतले बताए । त्यस्तै पछिल्लो समय रेमिटेन्स बढेर पछिल्लो ९ महिनामा ९ खर्ब ३ अर्बभन्दा बढी पुगेको अर्थमन्त्री महतले जानकारी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १६:३६