News Griha :: न्यूजगृह
राष्ट्रिय सभाको बैठक बस्दै  

काठमाडौं— राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति माया प्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/७९ सभासमक्ष पेश गर्ने कार्यसूची छ ।

सांसद भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

बैठकको सुरुमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएसम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०९:४७
Weather Update