देशलाई लुटेको हेरेर बस्न सकिँदैन : मन्त्री किराती

काठमाडौं— पर्यटनमन्त्री सुदन किरातीले अशिक्षा र भ्रष्टाचार सबैभन्दा ठूलो शत्रु भएको बताएका छन् ।
सोमबार राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० उद्घाटन समारोहमा उनले देशभक्त नेपालीहरू आगो भएको र देशलाई लुटेको टुलुटुलु हेर्न नसकिने बताए ।
उनले भने ‘हामीआगो हौँ । देशभक्ति नेपालीहरू आगो हौँ । हामी बलेर, जलेर सकिन्छौँ तर, ढलेर सकिदैनौँ । हाम्रो देशलाई लुटेको हामी टुलुटुलु हेर्न सक्दैनौँ । अब हाम्रो एउटै शत्रु अशिक्षा र भ्रष्टचार हो ।’
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १५:५५