News Griha :: न्यूजगृह
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक 

काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा मन्त्रिपरिषद् बैठक जारी छ । 

बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नेछ । प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । यो बाहेक अन्य आवश्यक र महत्वपूर्ण एजेनडामा निर्णय हुनसक्ने पनि बताइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण १७–२० जेठमा हुँदैछ । आगामी आर्थिक वर्षको बजेट भने सोमबार अपराह्न ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १४:५४
Weather Update