News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्दै, प्रतिरक्षामा उत्रियो जापान

काठमाडौं— उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने संकेत गरेसँगै जापानले ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षालाई चनाखो बनाएको छ । 

उत्तर कोरियाले ३१ मे र ११ जुनको बीचमा उपग्रह प्रक्षेपण गर्ने सूचना जारी गरेसँगै जापानले सोमबार (१५ जेठ) आफ्नो ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षालाई सतर्कतामा राखेको हो । यति मात्रै होइन, जापानले आफ्नो क्षेत्रमा सुरक्षा खतरा भए कुनै पनि क्षेप्यास्त्रलाई ध्वस्त पार्ने चेतावनीसमेत दिएको छ ।

Prabhu Bank

आणविक हतियार सम्पन्न उत्तर कोरियाले आफ्नो पहिलो सैन्य जासुसी उपग्रहको निर्माण पूरा भएको र नेता किम जोङ उनले प्रक्षेपणको अन्तिम तयारीलाई स्वीकृति दिएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘सरकारले भूउपग्रह हाम्रो देशको भूभागबाट उड्ने सम्भावना रहेको पहिचान गरेको छ,’ जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले नियमित पत्रकार सम्मेलनमा भने ।

‘जापानले सन् २०१६ मा गरेको जस्तै उत्तर कोरियाले आफ्नो भूउपग्रह बोक्ने रकेट दक्षिणपश्चिमी टापु श्रृंखलामा प्रहार गर्ने अनुमान गरिएको छ,’ रक्षा मन्त्रालयका प्रवक्ताले भने ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १४:०७
sagarmatha cementsagarmatha cement
Weather Update