News Griha :: न्यूजगृह
हारे हारिन्छ तर अब कांग्रेस कुनै पार्टीसँग गठबन्धन गरेर निर्वाचनमा जाँदैन : गगन थापा

काठमाडौं—  नेपाली कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस अब कुनै पनि पार्टीसँग गठबन्धन गरेर अगाडि नबढ्ने बताएका छन् ।

नेपाली कांग्रेस संघीय सभा क्षेत्र नं. २ कार्यसमिति, ललितपुरको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भुईँमा बस्नु परे बसौला, मञ्च नपाए सडकमा बसौला तर कुनै पार्टीसँग तालमेल गरेर चुनावमा जाने गल्ती कांग्रेसले अब नगर्ने बताए ।

उनले अब पार्टीलाई सच्याउने घोषणा र संकल्प कांग्रेसले गर्नै पर्ने बताए । उनले भने, अब गरेको गल्तीलाई सुधार गर्दै आम जनतासँग माफी माग्दै, यो कांग्रेसले घोषणा गर्छ, गर्नुपर्छ यो पटक जीवनमा चुनाव हारे हारिन्छ दुई पटक, तीन पटक हारिन्छ तर जीवनमा नेपाली कांग्रेस कुनै पार्टीसँग गठबन्धन गरेर अगाडि बढ्दैन् । तालमेल गर्दैन, भुईँमा बस्नु परे बसौला, मञ्च नपाए सडकमा बसौला, तर गर्दैनौ, यो गल्ती जुन स्थानबाट भएको छ, सच्याउने काम त्यहीबाट गर्नुपर्छ । कांग्रेसले यो घोषणा गर्छ, संकल्प गर्नै पर्छ ।’

उनले विधिको शासन कांग्रेसको शक्ति भएको भन्दै कानूनको शासनको वकालत गर्दै गर्दा सरकार गएपनि फेरि उठाउने उल्लेख गरेका छन् । उनले भने ‘ विधिको शासन कांग्रेसको शक्ति हो, यो कानुनको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्तो सरकार गएर केही पनि हुदैँन् । अर्को सरकार आउँछ । कानुनको शासनमा कांग्रेसले सम्झौता गर्दैन भनेर स्थापित गर्न सकेनौ भने, आफ्नो सिद्धान्तमा सम्झौता गर्दै गयो भने कांग्रेसको चरित्र नराम्रो बन्दै जान्छ । ’

महामन्त्री थापाले निर्वाचनको बेला मतदाताबीच गएर रुखमा होइन् चर्खा, साइकलमा मत हाल भनेर मत माग्दा कांग्रेस सत्ताको लागि सबै गर्छ भन्ने खालको छवि जनतामा परेको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १३:४४
Weather Update