सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी

काठमाडौं— १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७० वर्ष पुगेको अवसरमा सोमबार काठमाडौंमा प्रभातफेरी गरिएको हो । साथै, देशभर विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइएको छ ।
नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारीले २९ मे १९५३ मा आजकै दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए ।
तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघले प्रभातफेरी गरी कार्यक्रम मनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १२:३२